मिति: वि.सं.२०७२ साल भदौ ५ गते। शनिबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?
वि.सं. २०७२ साल भदौ ५ गते। शनिबार। इश्वी सन् २०१५ अगस्ट २२ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। याँहाहरुको दिन शुभ बितोस् भनि कामना गर्दछौ ।

सुरुको समय आनन्दमा बित्नेछ। मनोरञ्जनका वस्तुहरू लाभ हुनेछन्। गरेका काम र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला। मित्रता र प्रेमको बन्धन कसिनेछ। मध्याह्नदेखि भने स्थिति अलि प्रतिकूल बन्न सक्छ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। मध्याह्नदेखि व्यापारमा लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। आम्दानी प्रशस्तै बढ्नेछ। मनग्य फाइदा उठाउन सकिनेछ। वैदेशिक यात्राको अवसर जुट्न सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। मध्याह्नदेखि काममा प्रतिस्पर्धा बढ्नेछ। तापनि, प्रतिष्ठा र अधिकार स्थापित गर्न सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विगतका निर्णयले केही अप्ठ्यारोमा परिने देखिन्छ। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर, साथीभाइसँग प्रतिस्पर्धाको वातावरण बन्नेछ। मान्यजनसँग पनि असमझदारी बढ्ला। तापनि कमी–कमजोरीलाई सुधार गर्न सकिनेछ। मध्याह्नपछि आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। व्यापार, पशुधन र जमिनको कारोबारबाट लाभ हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सानो प्रयत्नले ठूलो काम बन्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले पनि साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ र थप उत्साहित भइनेछ। मध्याह्नपछि केही समस्या आउलान्। काममा अवरोध हुन सक्छ। आफन्तबीच मनमोटाव बढ्ला। प्रियजनबाट समेत टाढिनुपर्ने अवस्था आउन सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। प्रतिस्पर्धी परास्त होलान्। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। तपाईंका प्रशंसकहरू पनि बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। आम्दानी बढ्नेछ। व्यावहारिक कामबाट पनि फुर्सद पाइनेछ र प्रसन्नता मिल्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। आफ्नै कमजोरीले पछि परिएला। मध्याह्नदेखि स्थितिमा निकै नै सुधार आउनेछ। टाढिएका आफन्तजन नजिकिनेछन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई सदैव फाइदै हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। मध्याह्नपछि खर्च बढे पनि व्यवसायमा लगानी बढाउने मौका आउला। वैदेशिक कामकाजमा पनि फाइदै होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको फलदायी यात्रा गर्ने मौका छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। मध्याह्नदेखि अनावश्यक खर्च भने बढ्न सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। मध्याह्नदेखि व्यवसायमा प्रशस्तै लाभ हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा बढ्ने सामाजिक भूमिका पाइनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
स्वास्थ्य कमजोर रहनाले काम समेत अवरुद्ध बन्ने योग छ। सहयोगीहरूले हात झिक्न सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। आत्मबलमा कमी आउनुका साथै डरले सताउने समय छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै रोकिएका काम बन्नेछन्। शरीरमा स्फूर्ति बढ्नेछ। चुनौती देखिए पनि परिस्थिति अनुकूल बन्नेछ।

