Header Ads

गीतकार उपाध्यायको मगन्ते मायामा बर्षा शिवाकोटी - भिडियो सहित


काठमान्डौ । सुन्दै आनन्द लाग्ने र मायामा जोगी बन्नखोज्ने शब्द कोर्ने वानीपरेका गीतकार गोबिन्द प्रसाद उपाध्यायको नयाँ गीतको भिडियो आएको छ ।  अनिश श्रेष्ठ को स्वर र उपाध्यायसँग जोडी जमेका संगीतकार हरी लम्साल को संगीतमा मगन्ते म मगन्ते भन्ने गीतले अहिले बजारमा राम्रो चर्चा पाएको छ ।



अहिलेका व्यस्त तथा चर्चित निर्देशक निकेश खड्काको उत्कृष्ट  निर्देशनमा बनेको यो भिडीयोमा वर्षा शिवाकोटी र राजकुमारकोको अभिनयलाई देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको यस भिडीयोलाई सम्पादन भने निशान घिमिरेले गरेका छन् ।



मगन्ते म मगन्तेको केही अंश
"कानमा कुन्डल नलाए पनी 
पहेलो बस्त्र नओडे पनी 
निधारमा खरानी नघसेनी 
कमन्डलु लिएर नहिडे पनी 
मगन्ते म मगन्ते 
मायाको म मगन्ते"
भिडीयो हेर्नुहोस् । 
Powered by Blogger.