एसएसपीको अन्तिम विदाई : उर्लियो मानवसागर, थामिएन आँशु-भिडियो सहित !
काठमाडौं । सोमबार कैलालीको टिकापुरमा थरुहट पक्षधर आन्दोलनकारीबाट मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको प्रहरी सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

न्यौपानेको शव काठमाडौँ ल्याएपछि महानगरीय प्रहरी वृत्त गौशालामा राखेर श्रद्धाञ्जली दिइएको थियो। त्यसपछि उनको शवलाई पशुपति आर्यघाटसम्म शव यात्रा गरेर अन्तिम संस्कार गरिएको हो। न्यौपानेको अन्तिम बिदाईमा हजारौं सर्बसाधरणहरु भेला भएका थिए ।
यस्तै प्रहरीका उच्च अधिकारी र सेनाका उच्च अधिकारी पनि आर्यघाट पुगेका थिए । आफ्नो सहकर्मीको शव देखेपछि प्रहरी अधिकारीहरुले आशुु थाम्न सकेनन् ।
यस्तै प्रहरीका उच्च अधिकारी र सेनाका उच्च अधिकारी पनि आर्यघाट पुगेका थिए । आफ्नो सहकर्मीको शव देखेपछि प्रहरी अधिकारीहरुले आशुु थाम्न सकेनन् ।