Header Ads

रोजगारीको लागि मलेसिया गएकी नेपाली युवती डान्सबारबाट पक्राउ

मलेसिया । मलेसियाको क्लालम्पुरस्थित एक डान्स बारमा अनैतिक काम गरेको आरोपमा तीन नेपाली युवती सहित १३ जना मंगलबार पक्राउ परेका छन् ।

उनीहरूलार्इ यहाँस्थित अध्यागमनले मंगलबार बारमा छापा मारी पक्राउ गरेको हो । नेपाली युवतीसहित चार भारतीय युवती र दुर्इ बंगलादेशी युवती पनि पक्राउ परेका छन् ।

 बारबाट पक्राउ पर्ने अन्यमा पाकिस्तानी र बंगलादेशी युवा रहेको यहाँको अध्यागमनले जनाएको छ । बारबाट एकजना मलेसियन युवा पनि पकाउ परेका छन् ।

नेपालबाट डान्स बारमा नाच्न नेपाली युवती ल्याइने चर्चा सुनिए पनि मलेसियन बारबाट नेपाली युवती पक्राउ परेको यो पहिलो घटना हो ।

पक्राउ परेकाहरूलाई केएलआइए अध्यागमनको हिरासत मा राखेर अनुसन्धान थालिएको छ । पक्राउ परेका नेपाली युवतीहरूको थप विवरण भने खुलइएको छैन ।

स्रोत साभार / हाम्रो संदेश डट कम बाट 
Powered by Blogger.