Header Ads

कैलालीको घटनाबारे कलाकार यसो भन्छन्


काठमाण्डौँ । कैलाली घटनाबारे सबै दुखित छन् । मनभित्रको त्यो पिडालाई धेरैले सामाजिक सञ्जालहरुमा पोखेका छन् । राष्ट्रका गहना मानीने कतिपय कलाकारहरुले आफ्ना विचारहरु फेसबुकमार्फत प्रकट गरेका छन् । 

तर, सुपरहिट सेलिब्रेटी मानीने कतिपय भने घटनाबारे बेखबरजस्तै चुपचाप देखिन्छन् । यद्यपी, मनमा भएको असन्तुष्टि व्यक्त गर्ने र देशप्रति चासो राख्ने कलाकारहरुको पनि कमी भने छैन । कैलाली घटनापछि कसले के भने ? हेर्नुहोस् ।

मलाई मेरो सिङ्गो नेपाल देउ
जहाँ सबैको
मुहारमा खुशी होस्
ओठमा हाँसो होस्
मनमा शान्ती होस्
हातमा शिप होस्
साथमा बिकषित नेपाल होस ।
म लेख्न त जन्दिन तर
देशको माया गर्न जान्ने छु
मलाई यो देशमा बस्न सक्ने वातावरण बनाइदेउ
यो शब्दहरुको सर्जक हुन् नायिका अशिष्मा नकर्मी । चलचित्र क्षेत्रमा उदाउँदै गरेकी नायिकाले कैलाली घटनापछि यी शब्दमात्र होईन एक पाना पत्र नै लेखेकी छिन् । उनले लेखेको पत्र यस्तो छ ।
बैशाख १२ मा घरहरु टुक्रिए तर मनहरु टुक्रिएन्न। सिङ्गो नेपाल एक भयो। नेपालीहरु एक भए। जात, भाषा, राज्य, यो नेपाली मनले केही खोजेन। मात्र सहयोगका हातहरु अगाडि बडे। आपत परेको घर परिवारहरु मात्र होइन, सिङ्गो नेपाल रोयो। नेपालीले नेपालीको लागि मरि मेटेर गरेको सहयोगको चर्चा र प्रसंशा देश बिदेश्बाट भयो। भन्थे, "भुकम्पपछी एक जुट भइ उठ्न त नेपालबाट सिक्नुपर्छ।" 
हिजो झन्डै ४ महिना पछी, कैलालीमा जे भयो, लाग्दैन कि यो त्येही देश नेपाल हो। हिजो मनहरु टुक्रिए। सिङ्गो नेपाल टुक्रियो। भाव परिवर्तन भयो। म 'नेपाली' हु बाट अब म 'बाहुन', म 'छेत्री', म 'थारु', म 'मधेसी', म 'नेवार', म 'राई' मा पुग्यो। सबै विभाजित। मात्र देशको नाम नेपाल रह्यो, नेपाली कोही रहेनन। शायद, सर्वप्रथम म नेपाली हु भन्ने भाव रह्र्को भए, एक नेपालीले अर्को नेपालीलाइ कहिले मार्ने थिएन। सायद जात, भाषा र राज्यका पछी नलागेर, हामी एक हौ र हामी "नेपाली" हौ भन्ने भाव अझै रहेको भए यस्तो दिन कहिले देख्नु पर्ने थिएन होला।

एक्दम दुख लागिरहेको छ। हे भगवान, हाम्रो देश नेपालमा सद्भाव र शान्ती फेरि एक पटक ल्याइदिनु। हे भगवान, हाम्रो देश बनाउन हामीले छानेका नेताहरुलाई देश र जनताको मन बुझ्न सक्ने बुद्धि दिनु। हे भगवान, हाम्रा नेताहरुलाइ राष्ट्र र राष्ट्रियताको भलोको लागि जनतासंग हातेमालो गरि अगाडी बड्नु पर्छ भन्ने कुराको ज्ञान दिनु।
हिजो जे भयो, त्यो फेरि कहिले नहोस।

दिवंगत आत्माहरुप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द्छु।
टुक्रिएको नेपाल चाहिएको छैन, सुन्दर शान्त नेपाल चाहिएको छ। सिङ्गो नेपाल। एकीकृत नेपाल।
नेपाली हामी रहुला काहाँ, नेपालै नरहे...
लोकप्रीय सेलिब्रेटी प्रीयंका कार्कीले पनि आफ्ना असन्तुष्टीहरुलाई यसरी पोख्दै तस्वीर पनि पोस्ट गरेकी छिन् । 

यस्तै केकी अधिकारीले पनि कैलाली घटनाप्रति आफ्नो भनाई व्यक्त गरेकी छिन् । 

कलाहरुमध्ये देशको समसामयिक घटनाप्रति चासो र चिन्ता गर्ने अर्का कलाकार हुन् दिपकराज गिरी । समसामयिक घटनाबारे आफ्ना विचारहरु उनले फेसबुकमार्फत प्रकट गर्ने गर्छन । कैलाली घटनापश्चात उनले यस्तो स्टाटस राखेका छन् ।
यस्तै नायिका करिश्मा मानन्धरले पनि कैलाली घटनाप्रति दुख व्यक्त गर्दै आफ्नो विचार फेसबुकमा पोखेकी छिन् ।

यता हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा) ले नेताहरुप्रति आक्रोश व्यक्त गर्दै यस्तो स्टाटस लेखेका छन् ।

अमेरिकामा रहेका चलचित्रकर्मी एवं चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलले पनि देशमा भएको घटनाप्रति खेद प्रकट गरेका छन् ।

अमेरिकामै रहेकी नायिका नन्दिता केसी  पनि कैलाली घटनाबारे मौन बस्न सकिनन् । त्यसैले उनले फेसबुकमा यस्तो स्टाटु पोस्ट गरिन् ।

यस्तै अमेरिका जाने तयारीमा रहेका अर्का हाँस्यकलाकार जितु नेपालले पनि कैलाली घटनाप्रति दुख व्यक्त गर्दै फेसबुकमा यस्तो लेखेका छन् ।

स्रोत साभार / रेडियो अडियो  बाट 
Powered by Blogger.