कहीकतै बोल्दा नेपाली हुनुमा गर्भ गर्ने हमाल यस पटक यसरी निरास, लज्जा महसुस हुनुको राज
काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले आफूलाई जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जा महसुस भएको बताएका छन् ।
उनले आइतबार आफ्नो फेसबुकमा एउटा स्ट्याटस राख्दै यस्तो लेखेका हुन् । वास्तवमा उनलाई यसरी लज्जा महसुस हुनुको भित्रि राज भने बेग्लै छ । शनिबार सिरहाको धनगढी गाविस स्थित एक डोम बस्तीमा पुगेका हमालले त्यहाँको दृश्य देखेपछि आफूलाई लज्जा महसुस गरेको स्ट्याटस राखेका हुन् ।
वास्तवमा कुरा के हो भने । हमाल बीबीसी मिडिया एक्सनको साप्ताहिक कार्यक्रम साझा सवालमा सहभागी हुन नयनपूर गाउँ पुगेका थिए । त्यहाँ उनले डोम समुदायमाथि भएको छुवाछुत तथा विभेदकारी सामाजिक प्रचलन देखे ।

त्यसपछि उनले आफ्नो मनलाई सम्हाल्न सकेनन् र स्थानीय डोम समुदायका युवक दीपक मलिकसँग उनी इनारमा पानी भर्न पुगे । तर, स्थानीयले उनलाई अबरोध गरे । गाउँका आफूलाई उपल्लो जाति सम्झने केही मानिसहरुले पानी भर्न नदिनेभन्दै इनार घेरेर राखे ।
हमालले उनीहरुलाई पानी भर्न दिदा के हुनछ भन्ने प्रश्न गरे तर उनीहरुले पुर्खादेखि चलिआएको परम्परा भएकाले पानी भर्न नदिने अडान लिए । त्यसपछि स्थानीयले इनारबाट पानस् निकालेर डोमको भाँडोमा भरिदिए । दीपकले अरुबेला पनि आफूहरुलाई यस्तै व्यवहार गर्ने बताए ।
यसरी निरास भएका हमालले आफ्नो फेसबुकमा नेपाली हुनुमा निरास भएको बताएका हुन् । हमालले यसअघि कहीकतै बोल्दा नेपाली हुनुमा गर्भ भएको बताउँथे ।
हमाल नेपाललाई माया गर्ने र नेपालीपनलाई सम्मान गर्ने नायक हुन । तर, यसरी आफ्नै अगाडि यस्तो व्यवहार भएपछि उनले फेसबुकमा आफ्नो निरासा पोखेका हुन् ।