Header Ads

पेट्रोलीयम पदार्थमा साढे २ र ग्याँसमा ३५ रुपैयाँ घट्यो !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि यहाँ पनि दर भाउ घटाएको छ ।

 निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको छ ।

अब घटाएपछि पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टितेलको ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

 त्यसै गरि हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरिएको छ ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ७५ डलर घटाइएको निगमले जनाएको छ ।
Powered by Blogger.