इजरायलमा नेपाली महिला कामदारका लागि रोजगारी खुल्यो, तलब महिनाको डेढ लाख
काठमाडौ । नेपाल सरकारले महिला कामदारलाई सस्तो शुल्कमा इजरायल पठाउँने भएको छ ।
बिगत पाँच वर्षदेखि नेपाली कामदार नभित्र्याएको इजरायल सरकार अहिले आएर नेपाली महिला कामदार लैजान सहमत भएको हो ।
अब ६० देखि ६५ हजारसम्मको लागतमा महिला कामदार इजरायल जान सक्ने श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङले बताए । भोली शुक्रवार दुईदेशबीचको सम्झौता पत्रमा हस्ताक्षर हुन लागेको मन्त्री गुरुङले जानकारी दिए ।
एक जनाले एक लाखदेखि एक लाख ५० हजारसम्म पारिश्रमिक पाउने गरी सम्झौता गर्न लागिएको पनि उनले बताए । पहिलो लटमा ६० जना कामदार पठाउँने र त्यसको प्रतिक्रिया अनुसार अन्य कामदार पाठाउँने मन्त्री गुरुङको भनाई छ ।बिगत पाँच वर्षदेखि नेपाली कामदार नभित्र्याएको इजरायल सरकार अहिले आएर नेपाली महिला कामदार लैजान सहमत भएको हो ।
अब ६० देखि ६५ हजारसम्मको लागतमा महिला कामदार इजरायल जान सक्ने श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङले बताए । भोली शुक्रवार दुईदेशबीचको सम्झौता पत्रमा हस्ताक्षर हुन लागेको मन्त्री गुरुङले जानकारी दिए ।

नेपाली कामदार पठाउँनका लागि मेनपावर कम्पनीहरुले चर्को मुल्य लिन थालेपछि इजरायल सरकारले नेपाली कामदार भित्र्याउन रोक लगाएको थियो । मेनपावर कम्पनीले इजरायल पठाउँन एक जनाबाटै ८ देखि १० लाखसम्म असुल्ने गर्थे ।
आफूहरुको लामो प्रयासपछि इजरायल सरकार नेपाली महिला कामदार लैजान सहमत भएको मन्त्री गुरुङको दावी छ । इजरायलले पुरुषभन्दा महिला कामदार बढी भित्र्याउने गरेको छ ।