७२ वर्षीय वृद्ध यसकारण ८ वर्ष जेलमा बस्ने छन्
ठमाडौं । घरमा काम गर्न राखिएकी किशोरीलाई दुई वर्षसम्म लगातार बलात्कार गरेको अभियोगमा कैद सजायपाइ फरार एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी काठमाडौं महानगरपालिका–९ सिनामङ्गल बस्ने सर्लाही हरिवन गाविस–२ का ७२ वर्षीय भरत शर्मा भन्ने पुष्पलाल उप्रेतीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।
उप्रेतीले आफ्नै घरमा घरायसी काम गर्न राखेकी कक्षा सातमा अध्ययनरत १३ वर्षीया किशोरीलाई दुई वर्षसम्म घरमा राखेर बलात्कार गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उप्रेतीले ती किशोरीलाई २०६७ देखि २०६९ साउन २० गतेसम्म घरमा कोही नभएको मौका पारी बलात्कार गर्ने गरेको अदालतको फैसलामा उल्लेख छ ।
बलात्कारका क्रममा वृद्धा राईले किशोरीलाई ज्यान मारीदिने धम्की दिई जबरजस्ती करणी गर्ने गरेको खुल्न आएपछि माइती नेपालका कर्मचारी समी राईले जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएकी थिइन् ।जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी काठमाडौं महानगरपालिका–९ सिनामङ्गल बस्ने सर्लाही हरिवन गाविस–२ का ७२ वर्षीय भरत शर्मा भन्ने पुष्पलाल उप्रेतीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।
उप्रेतीले आफ्नै घरमा घरायसी काम गर्न राखेकी कक्षा सातमा अध्ययनरत १३ वर्षीया किशोरीलाई दुई वर्षसम्म घरमा राखेर बलात्कार गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उप्रेतीले ती किशोरीलाई २०६७ देखि २०६९ साउन २० गतेसम्म घरमा कोही नभएको मौका पारी बलात्कार गर्ने गरेको अदालतको फैसलामा उल्लेख छ ।

प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतको २०७१ कातिक २३ गतेको फैसलाले ८ वर्ष कैद सजाय र पीडितले पाउने गरी १ लाख रुपियाँ क्षतिपूर्ति दिलाई भराई दिनुपर्ने गरी फैसला भएको थियो ।
उप्रेतीलाई फैसला कार्यान्वयनको लागि ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा राखिएको छ ।- दैनिक नेपालबाट साभार सामग्री !