महँगो मोबाइल लुट्न भीरबाट खसालेर हत्या
काठमाडौं । निर्घात कुटपिटमा परेका सिन्धुपाल्चोकमा एक युवकको मृत्यु भएको छ ।
थाङपालधाप- ३ का एक युवकलाई कुटपिट गरी नजिकैको गुठे भीरबाट २ सय मिटर तल फालिएको अवस्थामा शव फेला परेको छ ।

हत्या गरी भीरबाट फालिएको अवस्थामा स्थानीय भूपेन्द्र चपागाईँको शव फेला परेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
प्रहरीले घटनामा सम्लग्न भउको भन्दै नीरबहादुर पाख्रिन र अन्य ३ जना समातेको छ ।
भूपेन्द्रसँग महँगो मोबाइल भएको र त्यो लुट्न उनको हत्या गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।
