देश भर आज पनि हिन्दुवादीहारुको आन्दोलन तिब्र , जनजीवन प्रभावित
काठमान्डौ । सीमांकनसहित ६ प्रदेशमा भएको सहमति विरुद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र हिन्दुवादीहरुले नेपाललाई हिन्दुराष्ट्र घोषण गर्नुपर्ने माग गर्दै आज देशभर आन्दोलन तिब्ररुपमा अगाडी बढाएको छ ।
यसै क्रममा धनुषा, बारा, पर्सा, बाँके, पर्बत, चितवन, बाग्लुङ, इटहरी र सुदुर पश्चिमका केहि जिल्ला लगाएत बन्दको आव्हान गरेको छ । हिन्दुवादी कार्यकर्ता भेट्न नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र महाअभियानका संयोजक एबं कांग्रेसका प्रभाबशाली नेता खुमबहादुर खड्का इटहरी जादैँ हुनुहुन्छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले बन्दको आव्हान गरेको सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय कुमार सिंहले जनाए । चार दल बीच शनिबार मध्यराति सीमांकनसहित ६ प्रदेश बनाउने सहमति भएको थियो । सहमति भएको २४ घण्टा नवित्दै मोर्चामा आवद्ध मधेशवादी दलहरु विरोधमा उत्रेको छ ।यसै क्रममा धनुषा, बारा, पर्सा, बाँके, पर्बत, चितवन, बाग्लुङ, इटहरी र सुदुर पश्चिमका केहि जिल्ला लगाएत बन्दको आव्हान गरेको छ । हिन्दुवादी कार्यकर्ता भेट्न नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र महाअभियानका संयोजक एबं कांग्रेसका प्रभाबशाली नेता खुमबहादुर खड्का इटहरी जादैँ हुनुहुन्छ ।

चार दलीय सहमतिको विरोध गर्दै मोर्चाले आइतबार साँझ पिडारी चोकमा एक घण्टा चक्काजाम गरेको छ । मोर्चा संयोजक परमेश्वर साहको अगुवाईमा आइतबार साँझ ५ देखि ६ बजेसम्म चक्काजाम गरेको थियो । काग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिक बीच शनिबार राती भएको सहमति मधेश विरोधी भएको भन्दै मोर्चाले पिडारी चोकमा आगो बालेर चक्काजाम समेत गरेको छ ।
चक्काजाम गरेपछि जनकपुरबाट आवतजावत गर्ने सवारीसाधन सबै ठप्प भएको थियो । साँझतिर जनकपुरबाट छुट्ने काठमाण्डौका बसहरु ढिलो गरी खुलेको थियो । अबेर राती दलहरुले गरेको सहमति मधेश विरोधी भएको भन्दै सद्भावना अध्यक्ष सिंहले सोमबार धनुषा जिल्ला बन्दको आव्हान गरेको बताए ।
