Header Ads

सुर्खेतमा आज पनि तनाव ! आन्दोलन अनियन्त्रीत भएपछि ६ बजेसम्म कर्फ्यु

सुर्खेत । अखण्ड मध्यपश्चिम हुनुपर्ने र प्रान्तिय राजधानी सुर्खे हुनुपर्ने माग गर्दै सुरु भएको आन्दोलन आज पनि अनियन्त्रत भएपछि सुर्खेत प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

 जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहान ११ बजेदेखिसाँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

 अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेत माग्दै तीन दिनदेखि सुर्खेतमा भइरहेको प्रदर्शनमा तीन जनाले ज्यान गुमाइसकेका छन् ।

आज पनि बिहानैदेखि सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यु लगाइएको हो ।

 आन्दोलनमा करिब दुई दर्जन घाइते छन् । बुधबार बिहानैदेखि सुर्खेतमा जुलुस निक्लिएको थियो । राप्रपाले सुर्खेतमा जुलुस निकालेको थियो ।
Powered by Blogger.