नायिका पूजनाको कहानी यस्तो ! अमेरिकाको भिसा नपाउने कलाकार यी हुन् ...
काठमाण्डौ । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझै भयो । पूजनासँगै चलचित्रमा लागेकी रेखा थापा नम्बर एक नायिका बनेर चुनिएकी छिन् ।
बद्नाम होस् तर नाम होस् भन्नका लागि पूजनाले के सम्म गरिनन् । नागरिकताका लागि कहिले बाबु फेरेको र पैसाका लागि जात र थर नै फेरेको विषयले फिल्मी नगरीमा बेलाबखत चर्चा भयो नै । प्रतिबन्धित नेटवर्क व्यवसाय हर्बो इन्टरनेसनलका एक सञ्चालक रामेछापका पुष्पराज पौडेलको हिमचिममा उनी फिल्मकी सोलो हिरोइन, निर्मात्री मात्रै भइनन्, नाम बदलियो, काम पनि बदलियो ।
पुरानो बानेश्वर राममन्दिर नजिक जय संगत आश्रम खोलिन् । संसारमा पुरुष र स्त्री दुई जात मात्रै छन् भन्ने मान्यतासाथ स्त्री लेखिन । अनि पुष्पराजले पनि पौडेल लेखेनन्, पुरुष लेखे । प्रकारान्तरमा प्रतिबन्धित व्यवसायबाट आर्जित पुष्पराजका सम्पूर्ण सम्पत्ति रोक्का भयो ।

जब पुष्पराज सडकमै पुग्नेगरी सकिए, यसपपछि पूजनाको हालत के भयो होला ? पुष्पराज शून्यमा झरेपछि पूजनाले उनलाई मात्र छाडिनन्, उनको हिमचिमका बेला रचिएका सारा नाम पनि त्यागिन् । अर्थात, अब पूजना स्त्री होइन प्रधान नै लेख्न थालेकी छन् ।
ग्लोबल फिल्म फेस्टिबलमा सहभागी हुन धेरै कलाकार अमेरिका पुगेका छन् । तर, यसैका लागि पूजनाको नाम कार्यक्रममा सहभागी हुने भनेर लामो समयदेखि चर्चामा रहे पनि उनले भिसा पाउन सकिनन् । कलाकारको सपना नगरी अमेरिकाले नपत्याएकाहरुको सूचीमा विल्सनविक्रम राई, भुषण दाहाल, विदुर पाण्डे, कोमल वलीसम्मको नाम छ ।
सांगीतिक कार्यक्रममा जाने तयारी गरे पनि कोमललाई अमेरिकाले धेरै पटक भिसा दिन अस्वीकार गरेको बताइन्छ । जनआस्था साप्ताहिकमा समाचार छ ।