१ करोड डलर टाउकाको मूल्य तोकिएका तालिवानी नेता मुल्ला ओमारको मृत्युको रहस्य ...
काबुल । अफगानिस्तान तालिवानका मुख्य नेता मुल्ला ओमारको मृत्यु भएको छ। तालिवानले यस विषयमा केही नबताए पनि सरकारी अधिकारीहरुले यसको पुष्टि गरेका छन्।
पछिल्ला केही महिनायता उनका बारेमा अनेकौं अड्कलबाजी भइरहेका थिए। तालिवानका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै केही समयपछि विज्ञप्ति जारी गर्ने उल्लेख गरे।
पछिल्ला केही महिनायता उनका बारेमा अनेकौं अड्कलबाजी भइरहेका थिए। तालिवानका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै केही समयपछि विज्ञप्ति जारी गर्ने उल्लेख गरे।
अफगान सरकारले शान्तिवार्ता प्रक्रिया अघि बढाउने गम्भीर प्रयास गरिरहेको सन्दर्भमा तालिवान नेताको मृत्यु भएको खबर आएको हो। सोभियत संघका सेना अफगानिस्तानबाट हटेपछि भएको गृहयुद्धमा मुल्ला ओमार नेतृत्वको तालिबानले प्रतिद्वन्द्वी मिलिसियाहरुमाथि जित हासिल गरेको थियो।
अलकायदा प्रमुख ओसामा बिन लादेन पनि उनी नजिक थिए। अमेरिकाले सन् २००१ मा भएको नाइन इलेभन आक्रणका क्रममा अफागनिस्तानमाथि हमला गर्दा मुल्ला ओमारलाई पनि निसाना बनाएको थियो।
त्यसयता उनी भूमिगत रहँदै आएका थिए। अमेरिकाले उनको टाउकोको मूल्य एक करोड अमेरिकी डलर तोकेको थियो।
