Header Ads

झलनाथले यसरी खोले मुख -‘मलाई प्रधानमन्त्री पद चाहिन्न, ओलीलाई दिनुहोस्’

काठमाडौं, असार २४ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पार्टीबाट अब सरकारको नेतृत्व गर्ने पालो अध्यक्ष केपी शर्मा ओलीको भएको बताएका छन । राजधानीमा आयोजितक एक साक्षात्कारमा उनले भने, ‘म प्रधानमन्त्री बनिसके अब अध्यक्ष केपी ओली जीको पालो हो ।

पार्टी अध्यक्ष प्रधानमन्त्री बन्ने अवसर आउँदा राम्रै हुन्छ । तर, मलाई फेरि प्रधानमन्त्री बन्न प्रस्ताव आए नाई भन्दिन । खनालले अहिलेको कार्यतालिका अनुसार अबको डेढ महिनाभित्र संविधान जारी भईसक्ने विश्वास ब्यक्त गर्दै संविधान जारी भएपछि नयाँ राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको लागि निर्वाचन हुने कार्यतालिका सार्वजनिक हुने बताए।

उनले संविधानको पहिलो मस्यौदा ल्याउनु नै महत्वपूर्ण उपलब्धि भएको भन्दै यो अवस्थासम्म आई पुग्न दलहरुले आ–आफ्नो दृष्टिकोणमा परिवर्तन गरेकोले सबै दलहरुले आ आफ्नो अडान छाडनु परेकोले सबैका सबै कुरा नपरेको बताए । खनालले संविधानमा सबै दलका अडान अटाउन खोजेको संविधान नै आउन नसक्ने ठोकुवा गर्दै मुलुकको हित, अग्रगति, स्वाधिनता र सार्वभौमिकतालाई ख्यालमा राखेका कारण आफूहरु आफ्नो अडान छाडेर सम्झौतामा पुग्नु परेको बताए ।

उनले मस्यौदामा आएका विरोधका स्वरहरु समेटेर अघि बढ्नु पर्ने आवश्यकता औल्याउँदै मस्यौदा अअझै परिमार्जित गरेर असन्तुष्टीका स्वरहरुलाई समेटनु पर्ने बताए। उनले आफूहरु मत भिन्नता बढाउने पक्षमा रहेको र सुझावको क्रममा कमन ग्राउण्ड खोजेर सहमति गर्ने पक्षमा रहेको भन्दै सुझाव खोज्ने क्रममै मतभिन्नता राख्नेहरुसँग छलफल गरेर सहमति जुटाउने बताईन ।

आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको र मस्यौदाले बाहिर आए जस्तो स्वतन्त्रतालाई कुण्ठित नगर्ने दावी गर्दै नीति तथा कार्यक्रममा आएजस्तो आचार संहिता बनाउने कुरा पनि पत्रकारहरुसँगको सल्लाहमै हुने बताए । पार्टी सञ्चालनको सामूहिक नेतृत्वको प्रणालीमा थोरै समस्या भएको स्विकार गर्दै विवाद आन्तरिक भएकोले आन्तरिक रुपमै समाधान गरिने विश्वास ब्यक्त गरे ।

 पत्रकारहरुले अध्यक्ष केपी ओलीले एकलौटी निर्णय गरेर अघि बढेको हो भनि राखेको जिज्ञासामा उनले पार्टी सम्झौता विधी र नीतिबाट चल्ने भएकोले त्यसमा केही समस्या आउँदा विवाद उत्पन्न हुने भन्दै त्यसलाई छलफल नै गरेर समाधान गरिने बताए ।
Powered by Blogger.