Header Ads

ढुंगासहित खसेको पहिरोले बस पुर्यो, बेपत्ता यात्रुको खोजी

नुवाकोट । ढुंगासहितको खसेको पहिरोले ककनी गाउँ विकास समिति वडा नम्बर–१ सिस्नेरीमा बस पुरिएको छ ।

 नुवाकोटबाट काठमाडौं जाँदै गरेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बस विहीबार दिउँसो माथिबाट खसेको पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्रिशुलीबाट काठमाडौं जाँदै थियो ।

प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रमुख एआइजी गणेशराज राईका अनुसार बेपत्ता यात्रुको खोजीका नुवाकोट सदरमुकाम विदुर र काठमाडौंबाट विशेष टोली पठाइएको छ ।

उद्धारटोली अहिले घटनास्थलमा पुगीसकेको छैन । स्थानीय प्रहरी टोली पुरिएको बसको खोजीमा जुटेका छन् । पुरिएको पुरिएको बसमा आठ जना रहेको अनुमान गरिएको छ । दुई जनाको जिवितै उद्धार गरिएको छ ।

प्रहरी निरिक्षक जयराम वन्तका अनुसार बसको झ्यालबाट मानिसहरु रोइकराई गरिरहेको आवाज आइरहेको छ । तीन जनालाई चेपिएको अवस्थामा देखेपनि उद्धार गर्न नसकिएको बताए ।
Powered by Blogger.