अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरीयतामा अब नेपाल पनि !
काठमाडौं । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश गरेको छ । शुक्रबार नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला पूरा गरेसँगैं नेपालले अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) को महत्वपूर्ण उपलब्धि हात पारेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आगामी नयाँ वरियतामा अव नेपाल पनि समेटिने छ । नेपालले शनिबार अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्यो । यद्यपि नेपालले शृंखला ३–१ ले गुमायो । नेपाल पहिलो तीन खेलमा क्रमशः १८, १ सय ३ र १८ रनले पराजित भएको थियो ।
विश्व वरियतामा प्रवेश पाउन कम्तिमा ८ खेल खेल्नुपर्ने प्रावधान छ । नेपालले गतवर्ष बंगलादेशमा विश्व ट्वान्टी–२० मा तीन खेल खेलेको थियो ।
त्यसमा हङकङ र अफगानिस्तानसँग विजय हात पार्दै जुझारु प्रदर्शन गरेपछि आईसीसीले नेपाललाई ट्वान्टी–२० अन्तराष्ट्रियको मान्यता दिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
