राजधानीको सुन्धारामा प्रहरी र ‘डन’ समूहबीच गोली चल्यो, दोहोरो भिडन्त
काठमाडौं । काठमाडौंको सुन्धारामा प्रहरी र गुण्डा समूहबीच दोहोरो भिडन्त भएको छ ।
सिन्धुपाल्चोक कारागारबाट फरार ‘सन्की’ भनिने रावणजीत तामाङको समूह र प्रहरीबीच राति झडप भएको हो ।
तामाङ सुनधारामा रहेको बेबिलोन डिस्कोमा रहेको गोप्य सूचनाका आधारमा उनलाई पक्रन गएको प्रहरी टोलीमाथि उनको समूह जाइलागेको थियो । झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड फायर गरेको थियो ।
तामाङ सुनधारामा रहेको बेबिलोन डिस्कोमा रहेको गोप्य सूचनाका आधारमा उनलाई पक्रन गएको प्रहरी टोलीमाथि उनको समूह जाइलागेको थियो । झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड फायर गरेको थियो ।

लागुऔषध मुद्धामा काठमाडौं जिल्ला अदालतबाट १० वर्षको जेल सजाए सुनाइएका तामाङ गत १२ वैशाखमा भूकम्पले भत्किएको सिन्धुपाल्चोक कारागारबाट भागेका थिए । जनसेवा प्रहरीका सहायक निरीक्षक भीम दुलालका अनुसार गोली लागि तामाङ घाइते भएका छन् ।
बायाँ खुट्टामा गोली लागेका उनको प्रहरीको निगरानीमा वीर अस्पतालमा उपचार भइरहेको छ । प्रहरी देख्नेबित्तिकै भाग्न खोजेका तामाङलाई पक्रेर ल्याउने क्रममा उनको समूहले खोसेर लान खोजेपछि बाध्य भएर गोली हान्नुपरेको उनले बताए ।