दार्जलिङमा भीषण पहिरो परी ४० नेपाली भाषीको मृत्यु
काठमाडौं । अविरल वर्षापछिको पहिरोले दार्जलिङमा ४० नेपाली भाषीको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते र सयभन्दा बढी बेपत्ता छन् ।
दार्जलिङ प्रहरीका अनुसार मंगलबार रातिको अविरल वर्षापछि पहिरो खस्दा मिरिकमा २८ र कालिम्पोङमा ११ जनाको मृत्यु भएको हो । दार्जलिङ जिल्लापाल कार्यालयका अनुसार मिरिक नगरपालिका क्षेत्रबाट ७ जनाको शव निकालिएको छ ।
मिरिककै टिङलिङ चिया कमानमा १९ जनाले ज्यान गुमाएका छन् । तीमध्ये १३ जनाको शव प्रहरी टोलीले उद्दार गरेको छ ।
दार्जलिङ प्रहरी सुपरिटेन्डेन्ट अमित जवलीका अनुसार राष्ट्रिय विपत् उद्दार बल र सीमा सुरक्षा बलको टोलीले बेपत्ताको खोजी तीव्र पारेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
