Header Ads

आज मात्रै २ पराकम्पन, सर्बसाधारण त्रसित

काठमाडौं । बिहान ७ बजेर ४१ मिनेट जादा भूकम्पको पराकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 यस अगी पनि बिहान ५ बजे २६ मिनेट जाँदा काभ्रे केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो । यो बिहीबार गएको दोस्रो पराकम्प हो । यसअघि बुधबार दिउँसो ३ बजेर ३४ मिनेट जाँदा नुवाकोट र रसुवाको सीमा क्षेत्र केन्द्रबिन्द बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

 वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म पनि पराकम्प गैरहेका छन् ।

 अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका ३ सय ४० भन्दा धेरै पराकम्प गएको केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।
Powered by Blogger.