Header Ads

आज बिहानै गयो ४.१ रेक्टर स्केलको पराकम्प

काठमाडौं । बिहीबार बिहानै भूकम्पको पराकम्प गएको छ । बिहान ५ बजे २६ मिनेट जाँदा काभ्रे केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 यो बिहीबार गएको एक मात्र पराकम्प हो । यसअघि बुधबार दिउँसो ३ बजेर ३४ मिनेट जाँदा नुवाकोट र रसुवाको सीमा क्षेत्र केन्द्रबिन्द बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।
 वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म पनि पराकम्प गैरहेका छन् ।

 अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका ३ सय ४० भन्दा धेरै पराकम्प गएको केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।
Powered by Blogger.