इंग्ल्याण्डकी ब्यासेटको गोलले जापान फाइनलमा प्रवेश
काठमाडौं । जापान महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै जापान उपाधि नजिक पुगेको हो ।
३२ औं मिनेटमा आया मियामिले पेनल्टी मार्फत गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाइन् । तर त्यसको ८ मिनेटपछि नै पाएको पेनल्टीको अवसरलाई सदुपयोग गर्दै इंग्ल्याण्डकी फारा विलियम्सले बराबरी गोल फर्काइन् ।

खेलको अन्तिमसम्म जापानलाई बराबरीमा रोकेको इंग्ल्याण्डका लागि खेलको इन्जुरी समय घातक बन्यो । इन्जुरी समयमा इंग्ल्याण्डकी लौरा ब्यासेटले आत्मघाती गोल गर्दै जापानलाई २–१ को जित दिलाइन् ।
ब्यासेटले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा बल प्रहार गरेकी हुन् । जापानले अब उपाधिका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
– एजेन्सीको सहयोगमा