Header Ads

चौथो तथा अन्तिम खेलमा नेपाल ३ विकेटले विजयी ! (पारस खड्काकाे ट्वान्टी-२०मा पहीलाे अर्धसतक)

काठमाण्डौँ । नेदरल्यान्ड्ससँगको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो तथा अन्तिम खेलमा नेपाल ३ विकेटले विजयी भएको छ ।

 नेपालले नेदरल्याण्डले दिएको १ सय ४० रनको लक्ष्य २ बल बाकँी छदै भेटाएको हो । अन्तिममा नेपाललाई ३ बलमा ३ रन चाहिएकोमा नेपालका एक नम्बर फास्ट बलर तथा व्याट्सम्यान सोमपाल कामीले चौका हान्दै नेपाललाई ३ विकेटको जित दिलाएका हुन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धातिर २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । नेपालले १ सय ४० रनको लक्ष्य ६ विकेट गुमाएर १९.४ ओभरमा भेटाएको हो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धसतक पूरा गर्दै सर्वाधिक ५४ रन बनाए ।

यसअघि नेदरल्याण्डका लागी राइलोफ भान डेर मर्वीले सर्वाधिक ४० रन बनाएका थिए । उनले २७ बल खेली ३ चौका र १ छक्का प्रहार गरेका थिए । उनले मिचेल रिपोनसंग मिलेर आठौं विकेटका रुपमा ३१ बलमा अविजित ५६ रनको साझेदारी गरेका थिए ।

 नेपालका लागी सोमपाल कामीले १, सागर पुनले ३ तथा बसन्त रेग्मीले १ विकेट लिएका थिए । नेदरल्यान्ड्सले भने नेपालसँगको चार ट्वान्टी–२० अन्तराीष्ट्रय खेलको शृंखला ३–१ ले जितेको छ ।
Powered by Blogger.