मिति: वि.सं.२०७२ साल असार १९ गते। शनिबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?
वि.सं.२०७२ साल असार १९ गते। शनिबार। इश्वी सन् २०१५ जुलाई ४ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ अनलागा। आषाढ अधिक–कृष्णपक्ष। तिथि– तृतीया, रात्रि ३:०९ बजेउप्रान्त चतुर्थी। नक्षत्र– श्रवण, रात्रि १:४८ बजेउप्रान्त धनिष्ठा। योग– वैधृति, बिहान ७:३० बजेदेखि विष्कम्भ, रात्रि ४:५२ बजेउप्रान्त प्रीति। करण– वणिज, अपराह्न ४:१० बजेपछि भद्रा, रात्रि ३:०९ बजेउप्रान्त वव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ५ः१४ बजे, सूर्यास्त– ७:०२ बजे र दिनमान ३४ घडी २९ पला। सहकारी दिवस। सर्वार्थसिद्धि योग दिउँसो ४:१० बजेसम्म। - तदअनुसार तपाईंको राशी यस प्रकार छ !
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रयासमै समय मात्र बित्नेछ। आजको समस्या तत्काल समाधान नहुन सक्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत कमजोरीले पनि सताउला। उपचारमा खर्च हुने योग छ। विद्यामा समय दिन नसकिएला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कृषि तथा व्यवसायमा लाभ हुनेछ। कामका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ। केही चुनौतीहरू देखिनेछन्। अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। गरी आएका काम र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। तापनि, मौकाको फाइदा लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा विजयी भइएला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। हिम्मतले काम लिने समय छ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने अवसर जुट्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।