Header Ads

यौन वर्करको भुमिकामा देखीदै अभिनेत्री करिना कपुर

मुम्बई । अभिनेत्री करिना कपुर यौन वर्करको भुमिकामा देखीने भएकी छन् । राजकुमार गुप्ताको आगामी चलचित्रमा उनी यौन वर्करको भुमिकामा देखीन लागेकी हुन् ।

अभिनयका लागी उनले गुप्तालाई अनुमती समेत दिएकी छन् । चलचित्रको भुमिकामा करिनाले मात्र न्याए गर्ने निर्माण पक्षको भनाई छ । करिना पनि यो चलचित्रका लागी निकै उत्साहित देखिएकी छिन् ।

यो एक साइकोलोजिकल थ्रिलर चलचित्र हुनेछ । चलचित्रमा भारतीय दन्ड संहिताको धारा ८४ अन्तर्गको कथा बुनिएको छ । करिना चलचित्रमा सिजोफ्रेनिया नामको बिमारीबाट पिडित हुन्छिन् । यो दिमागी बिमारी हो ।

 राजकुमार गुप्ताको यस चलचित्रको कहानी सत्य घटनामा आधारीत हो । राजकुमारले यस अगाडी ‘आमिर’, ‘नो वन किल्ड जेसिका’ र ‘घनचक्कर’ जस्ता चलचित्रको निर्देशन गरेका छन् ।

 करिनाले सलमान खानका साथ अभिनय गरेको चलचित्र ‘बनरंगी भाईजान’ छिट्टै रिलिजमा आउने छ । (एजेन्सी )
Powered by Blogger.