Header Ads

अश्लिल हर्कत गर्ने कृषिमन्त्रीका सचिवले भने, ‘त्यो फोटो मन्त्रीज्यूको हैन, पत्रकारले गाँसेका हुन्’ !


यिनै हुन्, ‘त्यो फोटो मन्त्रीज्यूको हैन, पत्रकारले गाँसेका हुन्’ भन्ने कृषिमन्त्रीका सचिव उत्तम कुमार भट्टराई 


काठमाडौं। कृषिमन्त्री हरीप्रसाद पराजुलीले असार पन्ध्रमा मुलपानीमा महिलाहरुमाथि अश्लिल हर्कत गरेको फोटो र भिडियो मिडियाभरी छ्याप्छ्याप्ती छ ।

तर, सोही कार्यक्रममासँगै भएका कृषि सचिव उत्तम कुमार भट्टराईले मन्त्रीको अश्लिल हर्कद देखेनन् । मन्त्रीसँग दिनभरीसँगै भएको बताउने सचिव भट्टराईले पत्रकारले गलत फोटो प्रकाशन प्रशारण गरेको बताएका छन् । ‘म पनि दिनभरी मन्त्रीज्यू संगसंगै छु,’ सचिव भट्टराईले रातोपाटीसँग भने, ‘मिडियामा आएको त्यो फोटो मन्त्रीज्यूको हैन, पत्रकारले गाँसेर बनाएका हुन् ।’ उनले मन्त्री त्यस्तो स्वभावको मान्छे नभएकाले मिडियामा आएको कुराको गलत प्रचार भएको समेत दावी गरे ।

यसैबीच मंगलबार महिलामाथि अश्लिल हर्कत गर्ने मन्त्री बुधबार मन्त्रालयमै जान सकेका छैनन् । मिडियाको गलत हल्लाका कारण पराजुली मन्त्रालय जान नसकेको सचिव भट्टराईले बताए । ‘बिहान चिया सहकारीको एउटा कार्यक्रममा हामीसँगै थियौँ,’ उनले भने, ‘त्यसपछि खाना खान लाग्यौँ, तर मिडियाको हल्लाका कारण मन्त्रीज्यू आज मन्त्रालय नै आउन सक्नुभएन ।’

स्पष्टीकरणका लागि मन्त्रीको दिनभर दौडधुप


मुलपानीका एक महिलालाई अंगालो मार्दै कृषिमन्त्री हरिप्रसाद पराजुली 

अश्लिल हर्कत गर्ने मन्त्री पराजुली दिनभरी मन्त्रालय नै नगएर स्पष्टीकरणका लागि दौडधुपमा व्यस्त रहे । बिहान ईन्द्रेणी फुडल्याण्डमा एउटा कार्यक्रम सकेर १२ बजे खाना खान पुल्चोकस्थित निवासमा पुगेका मन्त्री पराजुली केहीबेर आराम गरेपछि फेरी अर्को कार्यक्रममा गएका थिए ।

त्यसपछि स्पष्टकीकरणका लागि गृहमन्त्रालय पुगेका मन्त्री पराजुली फेरी ओली निवास बालकोटमा पुगेको मन्त्रीका स्वकिय सचिव हेमचन्द्र पोखरलेलले बताए । ‘१२ बजेसम्म कार्यक्रम नै थियो, कार्यक&#23#2381;रम सकेर निवासमा खाना खाई फेरी अर्को कार्यक्रममा जानुभयो ।’ पोखरेलले भने, ‘त्यपछि गृह मन्त्रालयमा छलफल गरेर केहीबेर अघि फेरी बाल्कोट जानुभयो ।’

गल्ती गर्नेलाई कार्वाही हुनुपर्छ : योगेश भट्टराई 

योगेश भट्टराई एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले गल्ती गर्ने मन्त्रीले कार्वाही भोग्नुपर्ने बताएका छन् । महिलाहरुमाथि अश्लिल हर्कत गर्ने कृषिमन्त्री हरी पराजुलीको विषयमा चौतर्फी आलोचना भएको बेला भट्टराईले यस्तो बताएका हुन् । ‘सार्वजनिक पद धारण गरेको व्यक्ति सार्वजनिक मर्यादामा बस्नुपर्छ ।’ भट्टराईले रातोपाटीसंग भने, ‘यो विषयमा संसदमा पनि कुरा उठिसकेकाले मन्त्रीले संसद र जनतालाई प्रष्टिकरण दिनुपर्छ । उनले मन्त्रीको गलत क्रियाकलाप गरेको भनेर चौतर्फी आलोना भएकोले पार्टीले पनि स्थाई कमिटीको बैठक बोलाएर यसबारे निर्णय गर्नुपर्ने बताएका छन् ।
यो पनि हेर्नुहोस श्रोत: अन्लाईन खबर
Powered by Blogger.