Header Ads

सिन्धुपाल्चोक केन्द्र बनाएर फेरी भूकम्पको धक्का महसुस

काठमाडौं, असार २१ । सोमबार  राति सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको एउटा पराकम्प गएको छ । राति ९ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि पनि सोमबार बिहान १० बजेर ४८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।

वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म पनि पराकम्प गैरहेका छन् । ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।
Powered by Blogger.