मिति: वि.सं.२०७२ साल असार २२ गते। मंगलबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?
वि.सं.२०७२ साल असार २२ गते। मंगलबार। इश्वी सन् २०१५ जुलाई ७ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ अनलागा। आषाढ अधिक–कृष्णपक्ष। तिथि– षष्ठी, बेलुकी ८:०७ बजेउप्रान्त सप्तमी। नक्षत्र– पूर्वभाद्रपदा, बेलुकी ९:११ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– सौभाग्य, बेलुकी ८:०२ बजेउप्रान्त शोभन। करण– गर, बिहान ९:२१ बजेपछि वणिज, बेलुकी ८:०७ बजेउप्रान्त भद्रा। आनन्दादिमा काण योग। चन्द्रराशि– कुम्भ, अपराह्न ३:३६ बजेदेखि मीन। काठमाडौंमा सूर्योदय– ५:१५ बजे, सूर्यास्त– ७:०१ बजे र दिनमान ३४ घडी २६ पला। पञ्चक। बेलुकी ८:०७ बजेदेखि त्रिपुष्कर योग ९:११ बजेसम्म। - तदअनुसार तपाईंको राशी यस प्रकार छ !
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कृषि, पशुपालनमा आदिमा पनि राम्रै फाइदाको समय छ। अपराह्न ३:३६ बजेपछि सञ्चित रकम समेत खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। अरूको सेवामा खर्च हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा दिगो फाइदाका लागि लगानी बढाउने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। अपराह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ। आम्दानी बढ्नुका साथै रकम सञ्चय गर्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। अपराह्नदेखि विभिन्न अवसरले पछ्याउनेछन्। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वास्थ्य कमजोर रहनाले काम समेत अवरुद्ध बन्ने योग छ। सहयोगीहरूले हात झिक्न सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। आत्मबलमा कमी आउनुका साथै डरले सताउने समय छ। साँझदेखि नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
भौतिक साधन र मनोरञ्जनका वस्तुहरू जुटाउन सकिनेछ। व्यावसायिक यात्रा गर्ने अवसर जुट्न सक्छ। कृषि र व्यापारमा राम्रै फाइदा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला। अपराह्न ३:३६ बजेदेखि स्थिति अलि प्रतिकूल बन्न सक्छ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सजग भएर काममा जुट्नुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर अतिथिका रूपमा सम्मान पाइएला। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मनग्य धनलाभ हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
ढिलै भए पनि प्रयत्न गरेका काम सम्पादन हुनेछन्। उपलब्धि राम्रै पाइनेछ। बौद्धिक कार्य तथा सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहन सक्छ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। साँझतिर तपाईंको काममा अरूले अधिकार जमाउन सक्छन्। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
हठ गर्ने बानीले केही समस्या निम्त्याउन सक्छ। परिस्थितिलाई बेवास्ता गर्नाले व्यावहारिक झमेला आइलाग्न सक्छन्। अरूको सुझावप्रति शंका उब्जनुका साथै मान्यजनसँग असमझदारी बढ्न सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा सावधान रहनुपर्ला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। अपराह्नपछि परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। अरूलाई आश्वासन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। तपाईंको कमजोरीप्रति टिप्पणी हुन सक्छ, सचेत रहनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सानो त्रुटिले अवसर फुत्कन सक्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन। द्विविधामा बढ्नाले निर्णायक क्षमतामा कमी आउला। तापनि, लगनशीलताले मनग्य आम्दानी दिलाउनेछ। हठ गर्ने बानीले केही समस्या निम्त्याउन सक्छ। परिस्थितिलाई बेवास्ता गर्नाले व्यावहारिक झमेला आइलाग्न सक्छन्, सचेत रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट धोका पाइने र विवादमा परिने सम्भावना छ, सचेत रहनुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
घरखर्चको मात्रा बढ्नेछ। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्लान्। समयमा होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ। बाध्यताले पनि अप्ठ्यारो पार्न सक्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। साँझबाट स्थितिमा सुधार आउनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला।