Header Ads

मध्यरातमा ४.६ को धक्काले धादिङमा यसरी भागाभाग

काठमाडौं, असार १९ । शुक्रबार मध्यरात धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको छ । राती १ बजेर ४९ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राती सुतिरहेको बेला ठुलै धक्का महसुस भएपछि धादिङ र आसपासका क्षेत्रमा जनजीवन त्रसित भएको थियो । धेरैजना ओछ्यानबाट घर बाहिर निस्केका थिए ।

योसँगै बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा आएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि ४ रेक्टर स्केलमाथिका ३ सय ४० भन्दा धेरै पराकम्प गैसकेको छ ।

ठूला भूकम्पपछि साना पराकम्पन धेरै समय आइरहने भएकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ । १२ गते लगत्तै दैनिक ३० वटासम्म पराकम्प गएकामा अहिले भने त्यो घटेको छ ।

अब बिस्तारै घट्दै जाने विज्ञहरुले अनुमान गरेका छन् ।
Powered by Blogger.