मिति: वि.सं.२०७२ साल असार २२ गते। मंगलबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?
वि.सं.२०७२ साल असार २३ गते। बुधबार। इश्वी सन् २०१५ जुलाई ८ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ अनलागा। आषाढ अधिक–कृष्णपक्ष। तिथि– सप्तमी, साँझ ५:३८ बजेउप्रान्त अष्टमी। नक्षत्र– उत्तरभाद्रपदा, साँझ ७:३१ बजेउप्रान्त रेवती। योग– शोभन, अपराह्न ४:५९ बजेउप्रान्त अतिगण्ड। करण– भद्रा, प्रात: ६:५२ बजेदेखि वव, साँझ ५:३८ बजेपछि वालव, रात्रि ४:२५ बजेउप्रान्त कौलव। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:१६ बजे, सूर्यास्त– ७:०१ बजे र दिनमान ३४ घडी २४ पला। पञ्चक। अष्टमी व्रत। - तदअनुसार तपाईंको राशी यस प्रकार छ !
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
फाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काममा बाधा पुग्न सक्छ, होसियारीसाथ जुट्नुपर्ने समय छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आयआर्जन बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनुका साथै प्रशस्त लाभ मिल्नेछ। पढाइमा प्रगति र नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ। पितृधनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अवसरका लागि अलि जोखिमपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा पनि केही समस्यापछि फाइदा हुनेछ। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ। मानमर्दन गर्नेहरू सक्रिय रहनेछन्, सचेत रहनुहोला। अनावश्यक खर्च हुने योग छ, सचेत रहनुहोला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ। गरेका कामबाट धेरैलाई फाइदा होला। सामाजिक काममा रुचि बढ्नेछ। तर, अरूका काममै समय बित्नाले निजी काम भने पूरा गर्न नसकिएला। अस्वस्थताका बाबजुद सामाजिक दायित्व बढ्नेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरू जुट्नाले आस मारेको काम बन्नुका साथै आंशिक लाभ प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। आकर्षक व्यक्तित्वले अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार समेत पाइने सम्भावना छ। मनग्य धनलाभ हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। शत्रुहरूले केही दुःख दिन सक्छन्। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
ढिलै भए पनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् र उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ। मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जनको मौका छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विभिन्न अवसर पाइनेछ। तर, समयमा काम सम्पादन नहुनाले अवसर फुत्कने सम्भावना छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधा बढ्नाले निर्णायक क्षमतामा कमी आउला। अनावश्यक वादविवादले अलमल्याउन सक्छ, सचेत रहनुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विभिन्न उपहार पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।