Header Ads

रेश्मीलाई सिरिया पुर्‍याएर बेच्ने दलाली गिरोह शोभाकान्त यसरी परे प्रहरी खोरमा

काठमाडौं । सिरियामा कष्टकर जीवन बिताइरहेकी रेश्मीलाई बेच्ने दलाल पक्राउ परेका छन् । पक्राउ पर्नेमा एसके भन्ने शोभाकान्त भट्टराई छन् । उनले अहिलेसम्म २०/२५ जनालाई कुवेत र १०/१५ जनालाई सिरियामा पुर्‍याएर बेचेको खुलेको छ ।

सिरियामा कष्टकर जीवन बिताइरहेकी रेश्मीले समाजिक सञ्जालमार्फत ‘सरकार, म बाच्न चाहन्छु, यो नर्कबाट बचाउनुस्’ भन्दै अपील गरेकी थिइन् । बुटबल घर भएकी रेश्मीलाई  शोभाकान्तले दुवई लैजान्छु भन्दै सिरिया पुर्‍याएर बेचेका थिए ।

 केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शोभाकान्तलाई चाबहिलस्थित कोठाबाट पक्राउ गरेको हो । उनको कोठाबाट युवतीको चार थान राहदानी, पुलिस रिपोर्ट १५ थान र इभिसा २० थान र फोटोहरु बरामद भएको छ । उनले युवतीहरुलाई बुटवलबाट सुनौली नाका हुँदै भारतको नयाँदिल्ली लगेर खाडी मुलुकहरुमा बेच्ने गरेको थिए ।

 प्रहरीका अनुसार शोभाकान्तले रेश्मीसहितका तीन युवतीलाई सुनौली नाका हुँदै दिल्लीको महिपालपुर पुर्‍याएका थिए । त्यहाँ झण्डै १५ दिन राखेर दुवई हुँदै सिरिया पठाएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

 उनको कुनै म्यानपावर कम्पनी छैन भने बैदेशिक रोजगारीका लागि मानिसहरु विदेश पठाउन इजाजत पत्र समेत नलिएको पाइएको छ ।
Powered by Blogger.