बाग्लुङ र बाजुरामा पनि गयो भूकम्प !
काठमाडौं, असार २३ । मंगलबार बाग्लुङ र बाजुरामा भूकम्प गएको छ । मंगलबार दिउँसो तीन बजेर २१ मिनेट जाँदा बाग्लुङ केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै त्यसअघि बिहान ९ बजे ३१ मिनेट जाँदा बाजुरा केन्द्र बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यी दुवै भूकम्पको वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पसँग सम्बन्ध नभएकाले यी पराकम्प नभइ भूकम्प नै भएको केन्द्रले भनाई छ ।

गोरखा भूकम्पको पराकम्प भने सोमबार रातिदेखि गएको अहिलेसम्म गएको छैन । सोमबार राति ९ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएपछि अरु पराकम्प नगएको केन्द्रले जनाएको छ ।