Header Ads

मलेसयाली राजदुतावासले नेपाली कामदारको ३६ करोड ठग्यो

काठमाडौं । करिब नौँ लाखको हाराहारीमा रहेका नेपाली कामदारहरुको हित प्रवर्दन गर्न मलेसियामा स्थापित नेपाली राजदुतवासले ठगि गरेको आरोप लागेको छ । उसले घर फिर्तीको नाममा प्रत्येक कामदारबाट सरकारी दस्तुरभन्दा झण्डै नौँ हजार रुपैयाँ बढी लिएर ठगि गरिरहेको गैर आवासीय नेपाली संघ मलेसियाले दाबी गरेको छ ।

मलेसियामा रोजगारीको क्रममा दुःख पाएकाहरुलाई कम्पनीले राहदानी फिर्ता नदिने भएका कारण कामदारहरुले दुःख पाइरहेका छन् । दुतावासबाट एक सय ६० मलेसियन रुपैयाँ बुझाएर ट्राभल डकुमेन्ट बनाउने र त्यहाँको अध्यागमनमा गएर चार सय मलेसियन रुपैयाँ र पाँच सय रुपैयाँ टिकट शुल्क गरेर कुल एक हजार ६० मलेसियन रुपैयाँ खर्च गरेर नेपाल फर्किन पाउने ब्यवस्था रहेको छ ।
तर, पछिल्लो समयमा नेपाली दुतावासले एक सय ६० मलेसियन रुपैयाँ लिएर ट्राभल डकुमेन्ट दिनु पर्नेमा त्यो भन्दाअघि नै एक निजी कम्पनी कोप्रसी ईमिग्रेसन एसटीएन विएचडीलाई १२ सय ८० मलेसियन रुपैयाँ बुझाएर आएपछि ट्राभल डकुमेन्ट दिने ब्यवस्था गरेर ठगि गर्ने गरेको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरेर एनआरएन मलेसियाले दावी गरेको हो ।

पत्रकार सम्मेलनमा एनआरएन मलेसियाका महासचिव सुनिल चालिसेले नेपालीहरुलाई कोप्रासी ईमिग्रेसन जना बाध्य नपर्दा १०६० रुपैयामा स्वदेश फर्किन पाउने नेपाली कामदारहरु अहिले नेपाली दुतावास र सो निजी कम्पनीको साठगाठको कारण एक हजार चार सय ४० रुपैयाँ बुझाउन बाध्य भएको बताए । उनले भने, ‘सो निजी कम्पनीमा जान बाध्य पारिदा प्रत्येक ब्यक्तिले करिब ९ हजार नेपाली रुपैयाँ बढी तिरिरहनु परेको छ ।’

 अहिलेसम्म ४० हजार भन्दा बढी नेपालीहरु सो प्रक्रियाबाट फर्किदा ३६ करोड नेपाली रुपैयाँ नेपाली कामदारको चालिसेले दावी गर्दै अझै नेपालमा विनाशकारी भुकम्प गएको दुई दिनपछि ५० मलेसियन रुपैया अझै बढाएर ब्रम्हलुट मच्याउँदा समेत सरोकारवाला निकाय नबोलेकोमा आश्चर्य प्रकट गरे ।

पत्रकार सम्मेलनमा नेपाली नगारिकको सहजीकरणको लागि स्थापना भएको दुतावासले गरेको यस्तो ठगि प्रति सरकारको ध्यानआर्कषण सहित यसको निष्पक्ष छानविन गरी दोषीमाथि कारवाहीको लागि माग गर्दै पीडितको ठगिएको रकम तत्काल फिर्ता गराउने पहल अघि बढोस भन्ने माग गरिएको थियो ।
Powered by Blogger.