२२१ मध्ये यी जिल्लाका विद्यालयको नतिजा शून्य
काठमाडौं । ०७१ को एसएलसी परीक्षामा देशभरका दुई सय २१ विद्यालयको नतिजा शून्य भएको छ । २६ सामुदायिक विद्यालयको नतिजा शून्य छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एउटै जिल्लामा १४ वटा विद्यालयसम्म शून्य नतिजामा छन् । सबैभन्दा बढी खोटाङमा १४ वटा विद्यालयको नतिजा शून्य विवरण रहेको पनिकाको विवरणमा उल्लेख छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एउटै जिल्लामा १४ वटा विद्यालयसम्म शून्य नतिजामा छन् । सबैभन्दा बढी खोटाङमा १४ वटा विद्यालयको नतिजा शून्य विवरण रहेको पनिकाको विवरणमा उल्लेख छ ।

भोजपुरमा १२ विद्यालयको नतिजा शून्य छ । ताप्लेजङ र बाँकेमा नौ–नौ, आठ विद्यालयको नतिजा शून्य हुनेमा डोटी, पाँचथर, इलाम, मुस्ताङ, उदयपुर छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।