Header Ads

आफ्नो गाडी घरमै राखेर कांग्रेस सभासद् वादेले गरे सरकारी गाडीको दुरुपयोग

काठमाडौं । काभ्रे–३ का सभासद् कञ्चनचन्द्र वादेले एक महिनादेखि संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयको गाडी प्रयोग गरिरहेका छन् ।

उनले राजनीतिक पहुँचको आधारमा मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकाश तथा कृषि सडक विभाग (डोलिडार) परियोजनाको बा १ झ ८४८२ नम्बरको सवारीसाधन दुरुपयोग गरेका हुन् । एक महिनादेखि मन्त्रालयको सवारीसाधन प्रयोग गरेपछि बा ८ च ३८१ नम्बरको उनको निजी गाडी घरमै राखिएको छ ।

 बिहानै उनी मन्त्रालयकै सवारीसाधन प्रयोग गरेर बनेपाको चाइना टाउन चौर पुग्छन् । सरकारका कुनै पनि मन्त्रालयअन्तर्गतका सवारीसाधन मन्त्रालयका सचिव, उपसचिव मातहतका कर्मचारीले मात्रै प्रयोग गर्न पउने नियम रहेपनि सभासद् वादेले सवारी कसरी पाए र चलाईरहेका छन् भन्ने खुल्न सकेको छैन ।

सौर्य दैनिकमा खबर छ ।
Powered by Blogger.