भिडियो भाइरल भएपछि दम्पतीद्वारा आत्महत्या
काठमाडौं ।
भारतको मध्येप्रदेशको देवासमा एक दम्पत्तीले आत्महत्या ग रेका छन् । निजी क्षणको भिडियो भाइरल भएपछि दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
देवास जिल्लाका यी दम्पतीले आफ्नो मोबाइलमा एक भिडियो खिचेका थिए । केही समयपछि त्यो मोबाइल हराएछ । हराएको मोबाइलबाट उनीहरुको भिडियो इन्टरनेटमा राखिएपछि भाइरल भयो ।
देवास जिल्लाका यी दम्पतीले आफ्नो मोबाइलमा एक भिडियो खिचेका थिए । केही समयपछि त्यो मोबाइल हराएछ । हराएको मोबाइलबाट उनीहरुको भिडियो इन्टरनेटमा राखिएपछि भाइरल भयो ।

यो थाहा पाएपलगत्तै उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनामा संलग्न भएको आधारमा पाँच जनालाई पक्राउ गरेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।