Header Ads

नेपाली मिरा राईले जितिन् फ्रान्सको म्याराथुन दौड

विजय थापा, वाशिंगटन डिसी l फ्रान्समा भएको ८० किमि मन्ट ब्लांक दौडमा नेपालकि बहादुर छोरी मिरा राईले प्रथम स्थानमा हासिल गरेकी छिन् l

उक्त दौड पुरा गर्दै नेपालको झन्डा फहराउदै नेपाललाई बिश्व सामु अझ राम्रो परिचय दिएकी छिन् l नेपालको पूर्व क्षेत्रको पहाड घर भएकी राईले ८० किमि स्काई रनिङ्ग ( उचाई दौड )मा सबै प्रतियोगीलाई उछिन्दै प्रथम स्थान हासिल गरेकी हुन् l
यस अगाडी पनि उनले हङकङमा भएको अल्टा ट्रायल दौड प्रतियोगितामा पनि उनि बिजेता बनेकी थिइन, मिरा राईले उक्त दौडमा १२ घण्टामा दौड पुरा गरि पदक हात परेकी छिन् भने उक्त दौडमा ३० वटा राष्ट्रको सहभागिता रहेको थियो l

बिगतमा उक्त दौडमा इटाली , स्पेन तथा फ्रान्सको दब दबा रहेको भएता पनि उक्त दौडमा अस्ट्रेलिया ,न्युजील्याण्ड ,चेक रिपब्लिक ,जापान ,पोल्याण्ड तथा अमेरिकाका प्रतिभाशालि खेलाडीहरुले आफ्नो प्रतिभा देखाएका थिए l

मिरा राई ले २०१४ को मुस्तांग ट्रायल दौड , बफेलो स्टमपेड तथा अन्यमा जित हासिल गरि सकेकी छिन् l उनको दौडमा रुचि भएकोले १४ बर्षको उमेरमा उनले पढाई छोडेकी थिइन् l
Powered by Blogger.