जमिम शाह हत्याको आरोपी पूर्वडिएसपी पाँच वर्षपछि पक्राउ
काठमाडौं । सञ्चार उद्यमी जमिम शाह हत्याका आरोपी पूर्वडिएसपी जगदीश चन्द पाँच वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई शनिबार काठमाडौंबाट पक्राउ गरेको हो ।

चन्दविरुद्द अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको थियो । हत्यालगत्तै भारत भागेका उनी पछिल्लो समय हुलिया फेरेर काठमाडौंमा बस्दै आएका थिए ।
२४ माघ २०६६ मा दरबारमार्गबाट पानीपोखरीस्थित घर जाने क्रममा सञ्चार उद्यमी शाहको भारतीय अन्डरवल्र्ड डन छोटा राजन समूहले लाजिम्पाटमा गोली हानी हत्या गरेको थियो ।
उक्त समूहलाई सूचना दिएर उक्त समूहलाई डिएसपीले सहयोग गरेको अनुसन्धानमा खुलेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
