Header Ads

साउदी मन्त्रीले भने - नेपाली ठग्नेलाई आर्थिक र कैद दुवै कडा दण्ड हुने

काठमाडौं । साउदी अरेबियाका अर्थमन्त्रीले नेपाली कामदारबाट बढी रकम असुल्ने रोजगारदाता र एजेन्टमाथि कारबाही गर्ने निर्णय भएको जानकारी नेपाल सरकारलाई दिएका छन् ।

 उनका अनुसार कामदार पठाउने मुलुकबाट शुल्क असुलेमा त्यस्ता एजेन्ट दण्डको भागिदार हुने र त्यस्तो दण्ड आर्थिक र कैद दुवै हुने आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

साउदी सरकारले कामदारको उजुरी सुन्न विभिन्न स्थानमा कल सेन्टर स्थापना गरेको र त्यसमार्फत आउने उजुरीको सुनुवाइ गरिने जानकारी पनि दिएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका राजदूत दीपक धितालमार्फत मन्त्री मोफरिज अल हकवा नीले यस्तो जानकारी पठाएका हुन् ।

राजदूत धितालले यसबारे एउटा विस्तृत रिपोर्ट परराष्ट्रमन्त्रालयमा पठाएका छन् । साउदी अरेबियाका श्रममन्त्रीले नेपाली कम्पनीहरुले गरिब कामदारबाट धेरै रकम शुल्क भन्दै लिने गरेकोप्रति पनि चासो राखेका थिए ।
Powered by Blogger.