टर्यो यसरी दुई माओवादी एकीकरण !
काठमाडौं, असार १३ । संविधान निर्माणबारे प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिले दुई माओवादीको एकता प्रक्रिया विथोलिएको छ ।
पटकपटकको छलफलपछि पार्टी एकताको नजिक पुगेका एमाओवादी र नेकपा–माओवादी फेरि टाढिएका छन् । संयुक्त वार्ता समिति बनाएर उनीहरुले एकताका लागि एजेन्डामाथि छलफल थालिसकेका थिए ।
पटकपटकको छलफलपछि पार्टी एकताको नजिक पुगेका एमाओवादी र नेकपा–माओवादी फेरि टाढिएका छन् । संयुक्त वार्ता समिति बनाएर उनीहरुले एकताका लागि एजेन्डामाथि छलफल थालिसकेका थिए ।

तर, १६ बुँदे सहमतिले एकताको कोर्ष कम्तीमा पनि नयाँ संविधानको टुंगो नलागेसम्मका लागि टरेको दुवै पार्टीका नेताहरुको बुझाइ छ ।
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य किरणले पत्रकार सम्मेलन नै गरेर एमाओवादीसँग एकता प्रक्रिया भाँडिएको घोषणा नै गरिसकेका छन् ।
आजको नयाँ पत्रिका दैनिकका लागि नेत्र पन्थीले खबर लेखेका छन् ।
