Header Ads

एआईजी वज्राचार्य र डिआइजी कायस्थलाई बचाउन सिपाहीलाई फसाइँँदै

काठमाडौं । नेपाल प्रहरीमा गृहमन्त्री वामदेव गौतमसँग अतिनिकट रहेका कारणल एआईजी रमेशशेखर वज्राचार्य र डिआईजी विजयलाल कायस्थमाथि जाली नोट र मानव तस्करी जस्तो गम्भीर आरोप लाग्दासमेत उनीहरुमाथि कारबाही हुन सकेको छैन ।

एआईजी वज्रचार्य जालीनोटमा मुछिँदा उनीमाथि काराबाही भएन । कारबाही भयो त केवल उनले खटाएका सिपाहीहरु जितेन्द्र गिरी र सागिर मियामाथि ।

त्यस्तै हाल त्रिभुवन विमानस्थलको प्रमुख रहेका डिआईजी विजयलाल कायस्थले आर्थिक प्रलोभनमा खाडी मुलुकमा घरेलु कामदार युवती तस्करलाई सहयोग पुर्याएको खुलासा भएको छ ।

 उनले खटाइको सिपाही ठाकुरप्रसाद घिमिरेलाई मावन बेचबिखन मुद्धा लगाएर डिआइजी कायस्थलाई उन्मुक्ति दिन व्यापक चलखेल भइरहेको खुल्न आएको छ । जनमञ्च साप्ताहिकमाखाबर छ ।
Powered by Blogger.