Header Ads

एचआइभी संक्रमितले बच्चा जन्माउन छाडेनन् - एक सय ७६ जना महिला यो वर्ष गर्भवती

काठमाडौं । एचआइभी संक्रमित महिलालाई सकेसम्म सन्तान नजन्माउन चिकित्सक सल्लाह दिन्छन् ।  तर, चिकित्सकको सल्लाह बेवास्ता गर्दै एचआइभी संक्रमित एक सय ७६ जना महिला यो वर्ष गर्भवती भएका छन् ।

आफू संक्रमित भए पनि एचआइभी संक्रमित गर्भवतीले आफ्ना सन्तान भने सुरक्षित रूपमा जन्माउन विशेष सावधानीसमेत अपनाएका छन् । स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार यस वर्ष एचआइभी संक्रमित एक सय ७६ जना महिलाले गर्भको शिशुलाई संक्रमण नहोस् भन्दै सचेतता अपनाएका छन् ।
आफू संक्रमित भए पनि जन्मने सन्तानलाई संक्रमण नहोस् भन्दै उनीहरूले एआरटी सेन्टरमा गई एन्टिरेट्रोभाइरल थेरापी सेवा लिइरहेका छन् । संक्रमित गर्भवतीले नियमित रूपमा एन्टिरेट्रोभाइरल ९एआरभी० औषधि सेवन गरे गर्भको शिशुलाई संक्रमण नहुन सक्छ ।

संक्रमित गर्भवती आमाले नियमित औषधि सेवन गरे ४५ प्रतिशतसम्म हुनसक्ने सम्भावना घटेर दुई प्रतिशतमा झर्ने केन्द्रका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद नागिलाले बताए ।

उनले नियमित औषधि सेवन गरेका संक्रमित गर्भवतीलाई सुत्केरी गराउन स्वास्थ्य संस्था वा अस्पताल लैजानुपर्ने र जन्मेको शिशुलाई जन्मेकै दिनदेखि ६ हप्तासम्म एआरभी प्रोफाइलेक्सिस औषधि चलाउनुपर्ने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.