‘सूचना पुर्जी’ दिएर पक्रने अधिकार सशस्त्रलाई दिने तयारी
काठमाडौं,असार १२ । सरकारले सशस्त्र प्रहरीलाई अपराधी पक्राउको अधिकार दिने तयारी गरेको छ । पक्राउ पुर्जीको सट्टा अन्य कुनै पत्र दिएर सशस्त्रले अपराधी पक्राउ गर्न सक्ने गरी सशस्त्र प्रहरी नियमावलीको मस्यौदा संशोधन गर्न लागिएको हो ।
ऐनले सशस्त्र प्रहरीलाई खानतलासी गर्ने र अपराधी पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाउने अधिकार दिएकाले त्यहीअनुसार नियमावली बनाउन लागिएको शुक्रबार संसद्को राज्य व्यवस्था समिति बैठकमा गृहमन्त्री वामदेव गौतमले जानकारी गराए ।

कुनै पनि व्यक्तिलाई राज्यले पक्राउ गर्दा त्यसको सूचना दिन जरुरी भएकाले सशस्त्रले पक्राउ गरेको सूचना दिएर शंका लागेको व्यक्तिलाई पक्राउ गर्नसक्ने गरी नियमावली बनाउन लागिएको उनले बताए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।