दुबईमा सुष्माले ‘उध्रेको चोली’ देखाउने
रामप्रसाद ढुंगेल, दुबई । नेपाली मनोरञ्जन क्षेत्रका हस्तीहरुको दुबई आगमनको खबरले यूएईको नेपाली समुदायमा तरंग उत्पन्न गरेको छ ।
तात्तिदै गएको दुबईको मौसमलाई फिस्टेल कन्सर्ट २०१५ को अवसरमा नायिका सुष्मा कार्कीको उध्रेको चोलीले कति तताउने हुन्?कला तथा संगीत पारखीहरुको कफीगफको विषय बनेको छ । रिल लाइफमा देखिएकी सुष्मा कार्कीलाई रियल लाइफमा भेट्ने अवसर पाउने भएका छन् यूएईका कला पारखीहरुले । त्यसो त सुष्माले
छुनलाई होइन
हेर्नचाहिँ पाइन्छ
उध्रेको चोली छ है
त्यही पनि लाइन्छ…
बोलको गीतका आइटम डान्स गर्ने भएका कारण युवाहरुको ढुकढुकी ह्वात्तै बढेको छ । ३१ जुलाईमा देराको फाइभ स्टार एसियना होटलको नाइट क्लबको रमझमपूर्ण वातावरणलाई पपगायक सुगम पोखरेलले पूर्ण सांगीतिक बनाउने पक्का भएको छ । हास्यटेलिश्रृंखला मेरी बास्सैमा निर्मलीको रुपमा हेरिदै आएकी निरु खड्कालाई पनि भेट्न पाइने भएका कारण धेरैले ३१ जुलाईको प्रतीक्षा गरेका छन् ।
तर करिब ६ सय नेपाली दर्शकहरुले मात्र उक्त अवसर पाउने भएका छन् । नाइट क्लबमा सीमित मानिस जान पाउने भएका कारण आयोजक बिक्रान्त कार्कीले समयमै आफ्नो सिट सुरक्षित गर्न सुझाएका छन् ।छुनलाई होइन
हेर्नचाहिँ पाइन्छ
उध्रेको चोली छ है
त्यही पनि लाइन्छ…
बोलको गीतका आइटम डान्स गर्ने भएका कारण युवाहरुको ढुकढुकी ह्वात्तै बढेको छ । ३१ जुलाईमा देराको फाइभ स्टार एसियना होटलको नाइट क्लबको रमझमपूर्ण वातावरणलाई पपगायक सुगम पोखरेलले पूर्ण सांगीतिक बनाउने पक्का भएको छ । हास्यटेलिश्रृंखला मेरी बास्सैमा निर्मलीको रुपमा हेरिदै आएकी निरु खड्कालाई पनि भेट्न पाइने भएका कारण धेरैले ३१ जुलाईको प्रतीक्षा गरेका छन् ।

युएईको नेपाली ट्राभल व्यावसायमा सफल ग्रुप ग्रीनलाइनको फिस्टेल ट्राभलको मुख्य स्पोनसरसिपमा पपगायक सुगम पोखरेल, नायक विष्णु कार्की, नायिका सुष्मा कार्की, हास्यकलाकार निरु खड्का ‘निर्मली’ यूएई आउन लागेका हुन् ।
सोही जम्बो टोलीमा २० वर्ष भन्दा लामो समय उद्घोषण गरिसकेका सुशील नेपाल पनि रहने छन् कन्सर्टलाई ऐतिहासिक बनाउन । रुन्चे गायकको रुपमा प्रसिद्धि कमाएका प्रकाश पौडेलले आफ्ना नयाँ तथा पुराना गीतहरु पनि गाउने छन् ।
हाउडे, सुबकीलगायतको र्यापरहरुको पृथक प्रस्तुतिहरुले ३१ जुलाईको साँझ निकै रमझमपूर्ण हुने लगभग पक्का भएको छ । फिस्टेल कन्सर्टबाट नेपाली दर्शकहरुले केके पाउनेछन् त ? आयोजक बिक्रान्त भन्छन्– इन्टरटेन्मेन्ट, इन्टरटेन्मेट अनि इन्टरटेन्मेन्ट । आयोजक कार्कीले कस्सर्टको तयारी तीव्र गतिमा व्यवस्थित तरिकाले भएको बताएका छन् ।
यूएईका सातै वटा इमिरेटसमा कन्सर्टको सफलताका लागि युनिट तयार रहेको पनि उनले बताए । गीतसंगीतको तालमा झुमेर भूकम्पको त्रासलाई बिर्सदै उत्साहपूर्ण जीवन बाच्न फिस्टेल कन्सर्ट माइल स्टोन बन्ने धेरैको अपेक्षा छ ।
