काठमाडौंका यौनकर्मी पूर्वका सहरमा
काठमाडौं,असार १२ । भूकम्पपछि पूर्वी नेपालका सहरमा यौनधन्दा थप मौलाएको छ । राजधानीका यौनकर्मी पूर्वी नेपालका सहरमा सक्रिय भएको प्रहरीको दावी छ ।
पूर्वी नेपालका विराटनगर,इटहरी, धरान, उर्लाबारी, दमक, विर्तामोड, काँकडभिट्टालगायत सहरमा पछिल्लो समय यौनजन्य क्रियाकलाप बढेको झापकाका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ रेग्मीले बताए । उनीहरु काठमाडौंबाट विस्थापित भएको प्रहरीको दाबी छ ।
पहाडी जिल्ला इलाममा पनि यौनधन्दा बढ्दै गएको बताइएको छ । ‘पहिलेको तुलनामा पूर्वी नेपालका होटलमा यौन्जन्य क्रियाकलाप ह्वात्तै बढेको छ,’ एसपी रेग्मीले भने,‘सायद सुुरक्षित ठानेर पनि यौनकर्मी यता सक्रिय भएका होलान् ।’पूर्वी नेपालका विराटनगर,इटहरी, धरान, उर्लाबारी, दमक, विर्तामोड, काँकडभिट्टालगायत सहरमा पछिल्लो समय यौनजन्य क्रियाकलाप बढेको झापकाका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ रेग्मीले बताए । उनीहरु काठमाडौंबाट विस्थापित भएको प्रहरीको दाबी छ ।

युवती राखेर यौनधन्दा तीव्र भएको सूचना पाएपछि प्रहरीले एक साताअघि भारतको सीमावर्ती काँकडभिट्टा नाकाका होटेलमा छापा मारेको थियो । सो क्रममा ६ युवायुवती पक्राउ परेका थिए।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
