तीन दिन लगातार पानी पर्ने - मौसमविद्
काठमाडौं । नेपाल भित्रिएको मनसुन करिब दुई सातापछि मात्रै देशभर सक्रिय भएको छ ।
पानी पार्ने वायुमण्डलीय प्रणाली न्यूनचापीय रेखा सामान्यभन्दा केही उत्तर (नेपाल) तर्फ सरेकाले अझै तीन दिन देशैभर वर्षा हुने मौसमविद्हरुले जनाएका छन् ।
सामान्यतया यो रेखा पश्चिम बंगालदेखि दिल्लीवरपर रहन्छ । त्यसैले सामान्य वर्षामात्रै गराउँछ ।

जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौषमविद् मीनकुमार अर्यालका अनुसार अहिले न्यूनचापीय रेखा सरेर नेपालको सीमामा आइसकेको छ ।
यसैका कारण देशको पूर्वदेखि पश्चिमसम्मको पूरै आकास बादलले ढाकेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।