Header Ads

एक सय ३४ किलो चरेश सहित दुई जना पक्राउ

मकवानपुर, असार १५ । प्रहरीले भारततिर लैजाँदै गरिएको १ सय ३४ किलो चरेश सहित २ जना भारतीय नागरिक हेटौडामा पक्राउ परेका छन् ।

विआर २९ बी ५९२९ नम्बरको बोलेरो जीपमा राखेर भारत लैजाँदै गरेको चरेश सहित भारतको मोतहारीका बलिराम दास र विहार नरकटियागञ्जका अस्रफुल मिया पक्राउ परेका हुन् ।

 प्रहरीले जाँचका लागि रोक्न खोज्दा जिप नरोकेपछि प्रहरीले पिछा गरेर उनीहरुलाई चरेश सहित पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।

चरेश कहाँबाट लैजान लागिएको भन्नेबारेमा थप अनुसन्धान भैहरेको उहाँले बताउनुभयो ।
Powered by Blogger.