Header Ads

मिति: वि.सं.२०७२ साल असार १६ गते। बुधबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?

वि.सं.२०७२ साल असार १६ गते। बुधबार। इश्वी सन् २०१५ जुलाई १ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ अनलाथ्व। आषाढ अधिक–शुक्लपक्ष। तिथि– चतुर्दशी, बिहान ८:५० बजेउप्रान्त पूर्णिमा। नक्षत्र– मूल, रात्रि ४:११ बजेउप्रान्त पूर्वाषाढा। योग– शुक्ल, दिउँसो १:४१ बजेउप्रान्त ब्रह्म। करण– वणिज, बिहान ८:५० बजेदेखि भद्रा, बेलुकी ८:२९ बजेउप्रान्त वव। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:१३ बजे, सूर्यास्त– ७:०२ बजे र दिनमान ३४ घडी ३२ पला। पूर्णिमा व्रत। - तदअनुसार तपाईंको राशी यस प्रकार छ !

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुन सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। भ्रमणमा समयमात्र बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै आरोप लाग्न सक्छ। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई उन्नति हुनेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन पनि खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्नेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम भने खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। शासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा भने फाइदै हुनेछ।

Powered by Blogger.