Header Ads

१२ औं राष्ट्रिय धान दिवस आज देशभरमा विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । १२ औं राष्ट्रिय धान दिवस आज देशभरमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सको अवसरमा राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम २०७२ मूल समारोह समितिको आयोजनामा कागेश्वरी मनहरा १० काठमाडौंमा बिहान बिशेष कार्यक्रम गरिदैछ ।

बिहान साढे ११ बजे हुने कार्यक्रममा सरकारी अधिकारी, गैरसरकारी निकायका प्रतिनिधि र किसानहरुको उपस्थिति रहने कृषि विभागले जनाएको छ । राजधानी बाहिर पनि सरकारी तथा गैरसरकारी निकायले धान दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।
यसवर्षको धान दिवसको नारा धान खेतीमा यान्त्रिकीकरण, उत्पादन लागतमा न्यूनीकरण तय गरिएको छ । नेपालले विसं. २०६२ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । धानबालीका लागि योग्य कूल करिब १४ लाख २५ हजार हेक्टर जग्गामध्ये असार १४ सम्म ८ प्रतिशतमात्र रोपाइँ भएको कृषि मन्त्रालयका सहप्रवक्ता शङ्करप्रसाद सापकोटाले जानकारी दिए ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । यस वर्ष नेपालले भारतसँग करिब १४ अर्बको चामल किनेको छ ।
Powered by Blogger.