Header Ads

ज्ञानेन्द्र पुत्री प्रेरणालाई जग्गा दिने सर्वोच्चको निर्णयविरुद्ध नेपाल ट्रस्ट पूर्ण इजलासमा जाने

काठमाडौं । नेपाल ट्रस्टको कार्यालयले स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरुको परिवारको नाममा रहेको रजाधानीसहित चार स्थानको सम्पत्ति आफ्नो नाममा ल्याउन प्रक्रिया अघि बढाएको छ । ट्रस्टको कार्यालयले ती जग्गाको विवरणसहित मन्त्रिपरिषदमा पेस गर्ने गरी निर्णय गरेको छ ।

कार्यालयले ठमेलमा रहेको ७ आना, सिन्धुपाल्चोक जिल्लाको थाङपालधानमा रहेको २७ रोपनी, पोखराको चौटेको ७ रोपनी, गोदमचौरमा रहको ८ रोपनी अचल सम्पत्तिको विवरण प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ ।
ट्रस्टका प्रमुख एवं कामु सचिव केदारबहादुर अधिकारीले स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको जग्ग खोजबिन गर्ने क्रममा ४२ रोपनी ७ आमा जग्गा फेला परेोका र सोको विवरण प्रधानमन्त्री कार्यालयमा पेस गरेको बताए ।

हालै सर्वोच्च अदालतले ट्रस्को नामा छाउनीमा रहेको १५ रोपनी १ आान जग्गा पूर्वराजा ज्ञानेन्द्र पुत्री प्रेरणालाई दिन आदेश दिएपछि अहिले ल्याउने जग्गाको पनि त्यस्तै विवाद हुने हो कि भन्ने ट्रस्टले शंका गरेको छ ।

अदालतको आदेशका भरमा ट्रस्टको सम्पत्ति व्यक्तिको नाममा जाने विषयमा ट्रस्टले पुनः अदालतको पूर्ण इजलामा जाने तयारी गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
Powered by Blogger.